शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रका नाममा सम्बोधन गर्ने देउवाको तयारी

मेरोन्यूज २०७८ माघ २ गते २०:१२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा प्रधानमन्त्री देउवाले जानकारी दिने तयारी गरेका छन् ।

सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो । प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, पारिस्थितिक र चुनौतीका बारेमा सम्बोधन हुन लागेको भए पनि समय र मितिबारे भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया