शुक्रबार, चैत १६, २०८०

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

मेरोन्यूज २०७८ माघ २ गते १७:१३

काठमाडौं । एनआईसी एशिया बैंक र वल्र्ड रेमिटबीच सम्झौता भएको छ ।

दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ ।

विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी यी दुई कम्पनीबीच रणनीतिक साझेदारी भइरहेको थियो ।
यसका साथै विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत भएको बैंकले जनाएको छ ।

अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको वल्र्ड रेमिटले जनाएको छ ।

एनआईसी एशिया बैंकले देशभकार ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया