शनिबार, वैशाख ८, २०८१

कोभिडविरुद्धको खोप लगाउन धकेलाधकेल (भिडियोसहित)

काठमाडौं । सरकारले कोभिड संक्रमणविरुद्धको खोप अभियानलाई तीब्र बनाएको छ ।

काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमणको अर्को लहर फैलिँदै जान थालेपछि सरकारले खोप अभियानलाई तीब्र बनाएको हो ।
यसअघि खोपको मात्रा पुरा गरेकाहरुलाई समेत सरकारले आइतबारदेखि ‘बुस्टर डोज’ दिन थालेको छ ।

कोरोना संक्रमण तीब्र रुपमा फैलिरहँदा सरकारले चलाएको खोप अभियानमा ब्यापक सहभागिता देखिएको छ ।

काठमाडौंको टेकुअस्तालदेखि अन्य अस्पतालहरुमा पनि खोप लगाउने ब्यवस्था मिलाइएको छ । खोप लगाउन पाइने भएपछि अस्पतालहरुमा अत्याधिक भीँड देखिएको छ ।

काठमाडौंको बानेश्वरस्थित सिभिल हस्पिटल, प्रसूति गृह लगायतका अस्पतामा खोप लगाउन आउनेहरु र सुरक्षाकर्मीले धकेलाधकेल गरेका दृष्यहरु देखिएका छन् ।

बच्चाबच्ची बोकेर आएका आमाहरुलाई सिभिल अस्पताल गेटमा सुरक्षाकर्मीले धकेलाधकेल गरेका थिए ।

खोप लगाउन अस्पतालदेखि सडक पेटीसम्म नै लाइन लागेको छ । सरकारले खोप नलगाएकालाई लगाउन आह्वान गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया