शनिबार, वैशाख ८, २०८१

बतासको पिछा छाडेनन् मन्त्री आले (भिडियोसहित)

काठमाडौं । पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला बिना अनुमति सञ्चालन गरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतबार पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमगन गरेपछि बिनाअनुमति धर्मशाला सञ्चालनमा रहेको भेटिएको बताएका छन् ।

आइतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री ओलेले यस्तो बताएका हुन् ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए ।

उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।

पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।

भिडियाे

प्रतिक्रिया