शुक्रबार, वैशाख १४, २०८१

प्रदेश प्रमुखसँग वेपत्ता छानविन आयोग अध्यक्षको भेट

मेरोन्यूज २०७८ माघ २ गते १३:३२

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन् । भेटमा अध्यक्ष सुवेदीले प्रदेश नं. १ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्र सम्बन्धि जानकारी गराएका थिए ।

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी बलपूर्वक बेपत्ता परिएका व्यक्तिहरुको सम्बन्धमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य पत्ता लगाएर पीडितलाई परिपूरणको व्यवस्था र कानुनी कारबाहीको लागि सिफारिस गर्न आयोगको गठन भएको हो ।


आयोगले ७०० घर परिवारको २८ सय जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिएका थिए ।
प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकोले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखेको उनको नीजि सचिवालयले जनाएको छ । त्यसैगरी परिचयपत्र पाएकालाई राज्यले सुविधा दिलाउन सरकारलाई आग्रह गर्ने प्रतिवद्धता पनि उनले जनाएका थिए ।

प्रतिक्रिया