बिहीबार, वैशाख १३, २०८१

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

मेरोन्यूज २०७८ माघ २ गते १३:२१

काठमाडौँ । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । चीनका स्वस्थ्य अधिकारीले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका एक अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये एक अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।

शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोनाविरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताए । सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई खोप लिन आग्रह गरेका छन् ।

सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका छन् ।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका संक्रमित देखिन थालेका छन् । ती संक्रमितको पहिचान गरेर चीनका अधिकारीले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया