शनिबार, वैशाख ८, २०८१

आजदेखि बुस्टर डोज खोप दिने, कस्ले पाउँछन् ?

मेरोन्यूज २०७८ माघ २ गते ८:४३

काठमाडौँ । आजदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिएकाहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन गरेको छ ।

सोहीअनुरुप आजदेखि अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी तथा स्वास्थ्यसँग सम्बन्धित सबैलाई बुस्टर डोज दिने भएको छ । यस्तै, सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिने भएको छ ।

क्यान्सर, अंग प्रत्यारोपण, एचआईभी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई समेत दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।

बुस्टर डोज पाउन पूर्ण मात्रामा खोप लगाएको ६ महिना पूरा भएको हुनु पर्ने छ ।

प्रतिक्रिया