बिहीबार, चैत १५, २०८०

एम्बाप्पेको गोलमा पीएसजीको सहज जित

मेरोन्यूज २०७८ माघ २ गते ६:४५

काठमाडौँ । युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औँ जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ ।

खेलको ३२ औँ मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३ औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार खेलेका थिएनन् ।

जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ ।

प्रतिक्रिया