बिहीबार, वैशाख १३, २०८१

भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट कोहलीको राजीनामा

मेरोन्यूज २०७८ माघ १ गते २१:१५

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् । आफू सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहने तर त्यो हुन नसक्ने आफू गलत हुने कोहलीले स्पष्ट गरेका छन् ।

‘म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।’– कोहलीले विज्ञप्तिमा भनेका छन् ।

आफू पराजय भएको यो समय नै टेस्ट टोलीको कप्तानको रूपमा रोकिनुपर्ने समय भएको उनले बताएका छन् ।

कोहलीले टी २० विश्वकप सुरु हुन अघि नै कप्तानी छाडेका थिए भने दक्षिण अफ्रिकाको शृङ्खला अघि उनलाई एकदिवसीय कप्तानबाट हटाइएको थियो ।

प्रतिक्रिया