शुक्रबार, चैत १६, २०८०

‘ए’ डिभिजन लिगः थ्रीस्टार विजयी

मेरोन्यूज २०७८ माघ १ गते १९:४३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग शनिवार भएको दोस्रो खेलमा थ्रीस्टार क्लव विजयी भएको छ ।

वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक लिगको चौथो स्थानमा उक्लिएको छ ।

खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगिएको छ ।

विजयले राफेल रिमको पासमा सदुपयोग गरे । जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउदै शीर्ष चारमा उक्लियो । संकटा भने १४ अंकसहित पाचौं स्थानमा झरेको छ ।

यसअघि दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

Advertisement

चौथो मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । डिफेन्डर निशान खड्काले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।

थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बाधक बने । सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरियाबाट गरेको प्रहार स्टारका गोलकिपर प्रिसोले बचाए ।

त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । २२औं मिनेटमा राफाएल रिमले फ्रिकिममार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।

आइतबार लिगमा दुई खेल हुनेछ ।

प्रतिक्रिया