आइतबार, जेठ ६, २०८१

गण्डकीका दुई जिल्ला कोरोनाबाट बढी प्रभावित

मेरोन्यूज २०७८ माघ १ गते १८:२५

Advertisement

पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्ला र भारतसँग सीमा जोडिएको नवलपरासी पूर्वमा कोरोनाको बढी प्रभाव देखिएको छ ।

शनिवार २०६ जनालाई कोरोना पुष्टी हुँदा सबैभन्दा बढी कास्कीका र त्यसपछि नवलपुरका रहेका छन् ।

कास्कीमा शनिवार एकै दिन ८० जनामा कोरोना संक्रमण देखिएको छ भने नवलपरासीपूर्वमा ६९ जनामा संक्रमण पुष्टी भएको छ । कास्कीमा १ सय ८३ जनाको परीक्षण गर्दा ८० जना र नवलपुरमा ८५ जनाको परीक्षण गर्दा ६९ जनामा कोरोना देखिएको हो ।

यस्तै, शनिवार गण्डकीको स्याङजामा २२, म्याग्दीमा १४, लमजुङ ११, तनहुँ ९ र पर्वतमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया