आइतबार, जेठ ६, २०८१

देशभर ४६३६ जना संक्रमित थपिए, चार जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ १ गते १६:३४

काठमाडौं । नेपालमा शनिवार ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा गरी ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट शनिबार थप ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया