आइतबार, जेठ ६, २०८१

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

मेरोन्यूज २०७८ माघ १ गते १४:०५

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।

Advertisement

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएकाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उनले भनेका छन् ।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन् ।

प्रतिक्रिया