बिहीबार, वैशाख १३, २०८१

जापानमा चक्कु प्रहारबाट तीन जना घाइते

मेरोन्यूज २०७८ माघ १ गते १३:१५

काठमाडौँ । जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षामा चक्कु प्रहारबाट तीन जना घाइते भएका छन् । जापानी राष्ट्रिय मिडियाका अनुसार चक्क प्रहारबाट तीन जना घाइते भएका हुन् ।

जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ । पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ ।

तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए । जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए । अर्का पीडित ७० वर्षीय पुरुष थिए । उक्त घटनाबारे छानबिन भइरहेको बताइएको छ ।

प्रतिक्रिया