शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाको रासायनिक कारखानामा आगलागी

मेरोन्यूज २०७८ माघ १ गते १२:१८

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ ।

फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो । पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।

‘हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ,’ लोराले भने । लोराका अनुसार प्लान्टभित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ ।

प्रतिक्रिया