आइतबार, जेठ ६, २०८१

स्वीडेनका प्रधानमन्त्रीमा कोरोना संक्रमित

मेरोन्यूज २०७८ माघ १ गते ८:५९

काठमाडौँ । स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ‘द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित हुनु भएको पुष्टि भएको छ,” उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

Advertisement

पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । संक्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उनले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।

सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी दिए । स्विडेनमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

सरकारी अधिकारीहरुका अनुसार बिहीबार मात्रै थप २२ हजार ५६४ जना नयाँ संक्रमित थपिएका छन् । महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिबन्ध पनि लगाइएको छ । बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइनेलगायतका नियम लागू गरिएको छ ।

समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुन सक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया