शुक्रबार, वैशाख १४, २०८१

विवाह व्रतबन्धमा २५ जना मात्रै उपस्थित हुन पाउने

मेरोन्यूज २०७८ माघ १ गते ८:०६

काठमाडौँ । कोरोना संक्रमितको संख्या दैनिक तीव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीड भाडजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ ।

सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया