शुक्रबार, चैत १६, २०८०

चिसो अझै बढ्ने, बाँकी मौसम कहाँ कस्तो ?

मेरोन्यूज २०७८ माघ १ गते ७:०९

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । जसका कारण प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा सामन्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया