शुक्रबार, चैत १६, २०८०

आइतबारदेखि फ्रन्टलाइनरलाई बुस्टर डोज

मेरोन्यूज २०७८ पुष ३० गते २१:५९

काठमाडौं । माघ २ गते आइतबारदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन दिएको हो ।

पहिलो र दोस्रो मात्रामा जुन खोप लगाएको छ, त्यही खोप नै बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।
पूर्ण डोज खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने भएको छ ।

प्रतिक्रिया