शनिबार, वैशाख ८, २०८१

प्रिमियर स्कुलद्वारा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

मेरोन्यूज २०७८ पुष ३० गते २१:३७

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल आई बी वल्र्ड स्कुल खुमलटारले विद्यालय साझेदारी शीर्षक अन्तर्गत ललितपुर महानगरपालिकाका आधारभुत विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा कार्यक्रम गरी शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालयद्धारा सामुदायिक विद्यालयसँग सहकार्य गरि बालकेन्द्रित अभ्यास सम्वन्धि क्षमता विकास गर्नका लागि आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापले शैक्षिक गुणस्तर वृद्धि गर्नमा महत्वपूर्ण सहयोग पुर्याउने भएकाले यस्तो कार्यमा अग्रसर भइ महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्कुललाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजि स्तर र सामुदायिक स्तरका विद्यालयबिचमा सहकार्य हुनु पर्ने र यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा प्रदान गरिएका शैक्षिक सामग्रीहरुले आधारभुत विद्यालयलाई प्रविधिमैत्री बनाउन शुरुवात गर्ने र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई सुधार गर्दै बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा महानगरपालिकाले राखेको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले प्रष्ट पारेकाथिए ।

प्रतिक्रिया