बुधबार, वैशाख १२, २०८१

दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग पर्यटन बोर्डको छलफल

मेरोन्यूज २०७८ पुष ३० गते २१:३०

काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतीमा दीगो पर्यटनका नयाँ रणनीतिकासाथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँगसँग छलफल आयोजना गरेको हो ।

कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।

शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितीमा पनि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताए ।

कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थति सहज बन्ने अवस्था नदेखिएको उनले बताए ।

यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था रहेको भन्दै उनले नयाँ साझेदारका लागि दातृ निकायलाई अनुरोध गरे ।

एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना, १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकलमार्ग निर्माण, ७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको उनले बताए ।

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो ।

कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासिय प्रतिनिधी आइसोनी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरणदखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजना अन्तरगत गरेका कामहरु मह्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान),नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्स् (नाटा),होटल एशोसिएसन नेपाल (हान),नेपाल एशोसिएसन अफ राफिटिङ«« एजेन्सिज (नारा) र लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्ट समेत तयार भएको उल्लेख गरे ।

कार्यक्रममा यूएनडीपीसँगै, वल्र्ड बैंक, आइएफसी, युएस एड, एसएनभी, युएन हेबिट्याट, नेपालस्थित मलेसियन दुतावास लगायतका संस्थाबाट प्रतिनिधिहरू सहभागी रहनु भएको थियो ।

प्रतिक्रिया