बिहीबार, चैत १५, २०८०

ब्यवसायीको चरित्रहत्या गरिएको भन्दै महासंघको आपत्ति

मेरोन्यूज २०७८ पुष ३० गते २०:०१

काठमाडौं । उद्योगी÷व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेशनका नाममा ब्यवसायीको चरित्रहत्या गरिएको भन्दै आपत्ति जनाएको छ ।

पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसन मुछिएपछि महासंघले आपत्ति जनाएको हो ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गरेर एकतर्फी रूपमा निजी क्षेत्रको चरित्रहत्या र मानमर्दन भएको दाबी गरेको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी प्रहार हुनु चिन्ताको विषय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रूपमा सहभागी भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’ –विज्ञप्तिमा भनिएको छ ।

Advertisement

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले अन्यथा नलिने पनि स्पष्ट गरेको छ ।

प्रतिक्रिया