शनिबार, वैशाख ८, २०८१

कोरोना रोक्न एमालेले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

मेरोन्यूज २०७८ पुष ३० गते १९:४१

काठमाडौं । नेकपा एमालेले कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा भोलि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

शनिवार विहान १० बजे नै प्रधानमन्त्री निवास पुगेर एमालेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

केही दिनयता नेपालमा कोरोना संक्रमण दर उच्च रहेको छ । संक्रमण उच्च भइरहँदा सरकारको रोकथाम नियन्त्रणको प्रयास न्यून रहेको भन्दै एमालेले ज्ञापनपत्र बुझाउन लागेको हो ।

प्रतिक्रिया