शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा मात्रै एकैदिन २६०७ जनामा कोरोना

मेरोन्यूज २०७८ पुष ३० गते १६:३९

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै शुक्रबार एकै दिन २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा शुक्रबार २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं जिल्लामा १ हजार ९ सय १३ जना, ललितपुर जिल्लामा ३७७ जना र भक्तपुर जिल्लामा ३१७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३०६ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया