बिहीबार, वैशाख ६, २०८१

९० वर्षीया वृद्धालाई बलात्कार गरेको भन्दै युवामाथि मुद्दा

मेरोन्यूज २०७८ पुष ३० गते १३:५४

काठमाडौँ । इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने बृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीय वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।

लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपत कालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् । अभियोजनकर्ताका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले वृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए ।

एलमाथि ‘शारीरिक रुपमा हानी गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ । तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु वृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन् ।

लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् ।

प्रतिक्रिया