बिहीबार, चैत १५, २०८०

जब, ७४ वर्षपछि दाजुभाइको भेट भयो…

मेरोन्यूज २०७८ पुष ३० गते ९:५५

काठमाडौँ । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो ।

भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिए । विभाजनको घाउ अझै पनि दुवै देशमा देखिन्छ ।

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाइ ७४ वर्षपछि भेटेका छन् । पाकिस्तानी विभाजन संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् ।

सिद्दिकीले विभाजनपिछ भारतको पन्जाबको फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाइ निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।

Advertisement

प्रतिक्रिया