शनिबार, वैशाख ८, २०८१

ग्यासको मूल्य वृद्धिविरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

मेरोन्यूज २०७८ पुष ३० गते ८:३६

काठमाडौँ । लेबनानमा ग्यासको मूल्य वृद्धिविरुद्धमा मुख्य राजमार्गमा यातायात सेवा अवरुद्ध गरिएको छ । ट्याक्सी र मिनी बसका चालकले राजधानी बेरुत र महत्वपूर्ण सहरमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् ।

ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महंगी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनु पर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।

पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार विहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्यमुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया