सोमबार, वैशाख २४, २०८१

हेर्नुहोस् आज तपाईंको राशीफल

मेरोन्यूज २०७८ पुष ३० गते ६:२४

आज वि.सं. २०७८ साल पौष महिनाको ३० गते शुक्रबार, पौष शुक्लपक्षको द्वादशी तिथि । आज पुस महिनाको अन्तिम दिन अर्थात पौष मसान्ति रहेको छ ।

Advertisement

मेष
भाग्यको बलियो साथ रहेकाले व्यक्तित्वमा प्रभावशालीपना बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा मानिसहरुले विश्वास गर्ने क्रममा बृद्धि हुने छ । प्रेममा सफलता मिल्ने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रमा लाभ मिल्ने देखिन्छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

वृष
बोलीको प्रभाव बढ्ने छ । आत्माबल बलियो हुनाले मनमा उत्साह र उमङ्ग कायम रहने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । रोगव्याधीको संक्रमणका विषयमा सतर्क रहनु नै उत्तम हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आँटेका कामहरु पुरा हुने छन् । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ ।

मिथुन
अरुको विश्वास जित्न सकिने भए तापनि मनमा भने दुविधाका क्रमहरु देखा पर्न जाने छ । विश्वास गरेका मित्रहरुबाट धोकाको चुनौति रहने छ । पेशागत जीवनमा बिबादहरु देखा पर्ने भएकाले सतर्क रहनु होला । तर साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा मिल्ने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी निर्वाह गर्न कठिनाई गराउने छ ।

कर्कट
भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायिक कार्यमा अवरोधहरुको सामना गर्नु पर्ने छ । यात्रामा कठिनाई वा अवरोध उत्पन्न हुने छ । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले यसबारेमा संयम रहनु होला । पेशागत क्षेत्रमा सोचे अनुसारको कदर नहुँदा मनमा निराशाका भाव आउने छ ।

सिंह
मनमा दुविधाको क्रम बढ्ने भएकाले यो गरौँ कि त्यो गरौँ भन्नेमा निर्णय लिन कठिनाई उत्पन्न हुने छ । पश्चातापका क्रमहरु एकपछि अर्काे गरि आउने छन् ।समय प्रतिकुल रहेकाले धैर्य भएर कदमहरु चाल्नु होला । सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वास र भरोसा गुम्ने स्थिति आउन जाने छ । समकक्षीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानी अपनाउनु ठिक हुने छ ।

कन्या
भाग्य बलियो भएकाले समय सकारात्मक हुन पुगेको छ । दृढतामा बृद्धि हुने छ । डुबेको रकम फिर्ता हुने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । लिइएका लक्ष्य एवं सपनाहरु पुरा हुने तर्फ जाने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । आधारभूत भन्दा शौखिन खालका सामानको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ ।

तुला
पेशागत जीवनमा जोश तथा जाँगरको कमि हुने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि समय सकारात्मक हुनेछ । ऋणले च्याप्ने छ । मनोबलमा आउने कमिले दुविधात्मक व्यक्तित्व बनाई दिने छ । जसले गर्दा अरुले निर्णय क्षमता नभएको व्यक्तित्वका रुपमा चित्रण गर्ने छन् ।

वृश्चिक
भाग्यको बलियो साथ रहेकाले कठिन समयमा पनि मन हतास हुने छैन् । मनोबलमा बृद्धि हुने छ । सामाजिक छविमा बृद्धि हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवादका क्रम देखा पर्न जाने भएकाले सतर्क रही कदम चाल्नु ठिक हुने छ । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ भने राखेका लक्ष्यहरु पुरा हुने छन् ।

धनु
पारिवारमा मिलन हुने छ । दृढ प्रकृतिको ब्यक्तित्व हुने हुँदा अरुले भने कडा र रिसाहा भनि अनुभुति हुने भएकाले ध्यान दिनु होला । विभिन्न आरोप प्रत्यारोप खेप्नु पर्ने देखिन्छ । राखिएका लक्ष्य पुरा नहुने भएकाले धेरै महत्वाकांक्षी भन्दा व्यावहारिक योजनाहरु बनाउनु उपयुक्त हुने छ । गुप्तर क्षेत्र तथा कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ ।

मकर
भाग्यको बलियो साथ हुने हुँदा आँटेका कामहरु पुरा हुने दर धेरै हुने छ । चलाख खालको व्यक्तित्व हुने छ । थप जिम्मेबारी प्राप्त हुने छ । परिवारको साथ रहने हुनाले कठिन अवस्थामा पनि संहालिन मद्धत पुग्ने छ । पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले नआत्तिइकन अघि बढ्न दृढ संकल्पित हुनु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखिने छ ।

कुम्भ
पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । गरिएका योजनाहरुमा रोकावट आउने छ । समय धेरै अनुकुल नरहेकाले ठिक्क मात्रामा जोखिम लिनु ठिक हुने देखिन्छ । परिवारमा तनावको अवस्था आउँदा मनमा कटुताका क्रमहरु देखा पर्ने छ । भाग्यको साथ नरहेकाले गरेका कामहरु सफल नहुने भएकाले उत्साह र उमङ्गमा कमि ल्याउने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा आफैले जानेका विषयमा पनि अन्योलता आउने छ ।

मीन
अविचलित स्वाभावका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने भएकाले अरुले पनि मन पराउने छन् । मेहनति र पराक्रमी स्वाभावले गर्दा कार्य सफलता मिल्ने छ भने त्यसले आम्दानीमा पनि बृद्धि हुन जाने छ । पारिवारका सदस्यहरुले आफुले गरेको कामको कदर र प्रशंसा गर्ने छन् । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही अवरोधहरुको सामना गर्नु पर्ने भएता पनि धेरै नकारात्मक अवस्था भने आउने छैन् ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया