मंगलबार, वैशाख ११, २०८१

प्रहरी प्रवक्तामा डीआईजी आचार्य

मेरोन्यूज २०७८ पुष २८ गते २१:४४

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्य तोकिएका छन् । तत्कालका लागि महानिरीक्षकको सचिवालयले आचार्यलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै हाजिर हुँदै आएका थिए ।

प्रहरीका प्रवक्ता पछिल्लो समय वरिष्ठ उपरीक्षक (एसएसपी) रहँदै आएका थिए । यसअघिका प्रवक्ता एसएसपी वषन्तबहादुर कुँवरले बुधबार सरुवा भएको महानगरीय अपराध महाशाखाका लागि रवाना बुझेपछि प्रवक्ता पद रिक्त थियो ।


रिक्त पदमा तत्कालका लागि मात्र भनेर आचार्यलाई जिम्मेवारी तोकिएको महानिरीक्षको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया