शुक्रबार, चैत १६, २०८०

कोभिड तीव्र फैलिएपछि दिल्लीका निजी कार्यलयलाई घरबाटै काम गर्न निर्देशन

मेरोन्यूज २०७८ पुष २७ गते १२:४६

नयाँदिल्ली । भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए) ले सम्पूर्ण निजी कार्यलयलाई घरबाटै अहिलेसम्म अधिकांश कार्यलयलाई आधा कर्मचारीलाई कार्यलयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् ।

अत्यावश्यक सेवालाई भने छुट दिइनेछ । निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यलय, विमा कम्पनी, औष कम्पनी , वित्तिय कम्पनी, वकिलका कार्यलय र कुरियर सेवालाई छुट छ ।

सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मेपछिको उच्च हो । दिल्लीमा सोमबार एकै दिन १७ जनाको मृत्यु भएको थियो ।

Advertisement

प्रतिक्रिया