शुक्रबार, चैत १६, २०८०

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

मेरोन्यूज २०७८ पुष २६ गते ७:४०

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षेत्री प्राधिकरणको सञ्चालक समितिको कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए ।

प्रतिक्रिया