शनिबार, वैशाख १५, २०८१

चौंतिस जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

मेरोन्यूज २०७८ पुष २५ गते १३:४३

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । निलम्बनमा परेका प्रहरी उपरीक्षकसहित ३४ जनालाई सरुवा गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी अरुण पौडेललाई नेपाल प्रहरीको विपद ब्यवस्थापन कार्यालय सामाखुशीमा सरुवा गरिएको छ भने काठमाडौं उपत्यका प्रहरी शिक्षालका अर्जुनप्रसाद तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा गरिएको छ ।

कञ्चनपुरका एसपी उमा प्रसाद चुर्तुर्वेदीलाई प्रहरी प्रधान कार्यालय, पर्साका एपसी गोबिन्द अधिकारीलाई प्रदेश प्रहरी कार्याय वीरगञ्ज, विशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौंका एसपी चक्रराज जोशीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा गरिएको छ ।

यस्तै, लुम्बिनी प्रहरी बुटवलका एसपी जनकबहादुर शाहीलाई पाल्पा, बाराका एसपी दीपेन्द्र शाहीलाई प्रदेश प्रहरी कार्यालय काभ्रे तथा नवलपरासीपूर्वका प्रहरी प्रमुख प्रकाश मल्ललाई प्रहरी शिक्षालय भरतपुर सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक पुस २५ गतेको निर्णयअनुसार २०७८ पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने री प्रहरी उपरीक्षकहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको परिपत्रमा उल्लेख छ ।

सूची हेर्नुहोस्ः

प्रतिक्रिया