बुधबार, वैशाख ५, २०८१

सहसचिव र उपसचिवसहित नाै जना सिडियोको सरुवा

मेरोन्यूज २०७८ पुष २४ गते १५:३५

काठमाडौं । गृहमन्त्रालयले सहसचिव र उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ ।

गृहले ६ सहसचिव र तीन उपसचिवलाई सरुवा गरेको हो ।

सहसचिवहरु विपिन आचार्यलाई सल्यानको प्रजिअ बनाइएको छ भने हुमकला पाण्डेलाई काभ्रे, सुमन घिमिरेलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) र सुरेन्द्र पौडेललाई धनुषाको प्रजिअ बनाइएको छ ।

यस्तै, सहसचिवद्वय बन्धुप्रसाद बास्तोला र श्रीराम पोखरेललाई गृह मन्त्रालयमा तानिएको छ ।

उपसचिव रामहरी शर्मालाई भने कालिकोटको प्रजिअ बनाइएको छ ।

केही दिनयता गृह मन्त्रालयले उपसचिव, सहसचिव र प्रमुख जिल्ला अधिकारीहरुको धमाधम सरुवा गर्दै आएको छ ।

प्रतिक्रिया