शुक्रबार, चैत १६, २०८०

पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्क्यो : पूर्वउपकुलपतिहरू

मेरोन्यूज २०७८ पुष २१ गते १९:०५

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको आज कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए ।

उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । त्रिविका पूर्वविद्यार्थीको संगठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया