सोमबार, जेठ ७, २०८१

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा कांग्रेसः कुन प्रदेशमा कुन गुटका उम्मेदवार ?

सञ्जिता खनाल २०७८ पुष २० गते १२:४५

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यमा सात प्रदेशमा ६ प्रदेशको उम्मेदवारहरुको टुंग्याएको लगाइसकेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा सदस्यमा प्रदेश २ बाहेक ६ जना उम्मेदवारहरुको नाम टुंग्याएको लगाइसकेको थियो ।

कुन प्रदेशमा को निकट ?

कांग्रेस प्रदेश १ राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका गोपालकुमार बस्नेत । उनी झापाका पुराना कांग्रेस नेता हुन् भने उनी देउवा निकट नेता मानिन्छन् ।

वि.स.२०७४ सालमा देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरे भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता लिएको थियो ।

कृष्णप्रसाद पौडेल वागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि कांग्रेसको उम्मेदवार बनेका छन् । पौडेललाई १३ आंै महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पार्टी मुख्यसचिवमा नियुक्त गरेका थिए । देउवाले दोस्रो कार्यकाल सुरु भए पनि नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् । गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित भए । भने उनी देउवाका विश्वास पात्र हुन् ।

Advertisement

लुम्बिनी प्रदेशबाट कांग्रेस उम्मेदवार बनेका युवराज शर्मा बाँके कांग्रेसका पूर्वसभापति हुन् । उनी देउवा निकट हुन् ।

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार दुर्गा गुरुङ बनेकी छिन् । दुर्गा शहीद पत्नी पनि हुन् । २०४९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा उपमेयरको प्रत्यासी रहेका दुर्गाका श्रीमान् यज्ञ गुरुङ माओवादी युद्धका क्रममा मारिएका थिए ।

त्यसैगरी, गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार गोरखाकी कमला पन्त बनेकी छिन् । कमला कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा पराजित बनेकी थिइन् । उनी रामचन्द्र पौडेल निकट हुन् । कमला कांग्रेसको पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा संविधानसभा सदस्यसमेत हुन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनेका नारायणदत्त मिश्र बनेका छन् । उनी कैलाली कांग्रेसका पूर्व सभापति हुन् । उनी १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट प्रदेश सभापतिमा प्रतिपष्पर्धामा थिए ।

मिश्रलाई देउवा समूहका वीरबहादुर बलायरले पराजित गरेका थिए । उनी रामचन्द्र पौडेल र शेखर कोइराला निकट नेता मानिन्छन् । प्रदेश २ को सीट जसपाले पाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारहरूले आज उम्मेदवारी दर्ता गर्दैछन्।
बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया