शुक्रबार, वैशाख ७, २०८१

मन्त्री झाँक्री कतै आँशु खसाल्दै, कतै पिर्के सलामी थाप्दै !

मेरोन्यूज २०७८ पुष १९ गते १४:४७

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री केही दिनदेखि गृह जिल्लामा छिन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेकी मन्त्री झाँक्रीले गुल्मीमै युवाको कार्यक्रममा बोल्दा बोल्दै आँशु खसालिन् । युवा संगठनको जिल्लामा भेलामा बोल्दै मन्त्री झाँक्री पार्टी फुटको कुरा गरिन् । अनि, गहभरी आँशु गराइन् । आँशु चुहाउँदै र आँशु पुछ्ने बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

पार्टीको कामको शिलशिलामा जिल्ला गएकी मन्त्री झाँक्रीले सरकारी काममा पनि सरिक भइन् । गुल्मीकै मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको प्रहरी कार्यालयमा रातो पिर्कामाथि उभिएर सलामी थापेपछि उनको आँशु सामाजिक सञ्जालले सुकाइदिएको छ ।

राजनीति दलका नेताहरुको चरित्रको चर्को आलोचना गर्ने युवा नेतृ झाँक्रीले पिर्के सलामी दिएपछि उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

मन्त्री झाँक्रीले जिल्लाको विभिन्न पालिका तहमा पार्टीका कार्यक्रम, राजनीतिक दलका स्थानीय नेतृत्वसँग छलफल अन्तरक्रियाका साथै जिल्ला स्थित सरकारी कार्यालयको निरीक्षण तथा अनुगमन गर्ने काम गरेको उनको सचिवालयले जनाएको छ ।

पिर्के सलामीको आलोचना भएपछि सोमवार मात्रै मन्त्री झाँक्रीको निजी सचिवालयले झाँक्रीको बचाउ गरेको छ ।

प्रहरी परिसरभित्र प्रवेश गर्ने विशिष्ट ब्यक्तिलाई सम्मान दिने प्रचलन भएका कारणले कार्यक्रम स्थगित नगरी सम्मान थापेको अर्थमा लिनुपर्ने सचिवालयले जनाएको छ ।

यो आलोचना गर्ने विषय नभई कानून अनुसार राज्यको एउटा अंगले विशिष्ट ब्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया भएको सचिवालयले स्पष्टीकरण दिएको छ ।

यस्तो छ झाँक्रीको निजी सचिवालयको प्रष्टीकरण

प्रतिक्रिया