बिहीबार, वैशाख १३, २०८१

किताब छाप्न मिर्गौला बेच्न हिंडेका पूर्व लडाकु रक्ष कुमार राईको ऐतिहासिक विश्व किर्तिमानी यात्रा

नरेन्द्र रौले २०७८ पुष १७ गते १८:५१

काठमाडौँ । रक्ष कुमार राई (अभियान) कुनै बेला माओवादी लडाकु थिए । अहिले उनको परिचय यतिमा मात्र सिमित छैन । लेखक र विश्व किर्तिमानीका रुपमा उनले आफ्नो परिचय स्थापित गरिसकेका छन् ।

ट्याम्केमयुम गाउपालिका, छिनामखु २ भोजपुरका अभियानको पृष्ठभुमि थाहा पाउन बिगत कहालि लाग्दो छ । त्यो थाहा पाउन भोजपुर नै फर्किनु पर्छ । उनी सानो छ“दा माछा मार्ने, बन तरुल खन्न रुचाउ“थे । उनका काका, बडाबा ब्रिटिस लाहुरे । घरमा भरुवा बन्दुक थियो । काका, बडाबाले बन्दुक चलाएको देख्दा उनलाई पनि हतियार चलाउन रहर लाग्थ्यो । त्यो किशोरवयमा उनी फरक स्वभावका थिए । समाजमा कसैलाई अन्याय, दमन, थिचोमिचो भयो कि त्यसका विरुद्ध आवाज उठाउन पछि पर्दैनथे ।

देशमा त्यो बेला माओवादी शसस्त्र द्वन्द्व चर्किरहेको थियो । रक्ष कुमार राई यद्धमा होमिए । १३ वर्षको कलिलो उमेर । त्यही बेला उनी जनमुक्ति सेनामा हिंडें । त्यो बेला उनलाई खासै धेरै केही थाहा नै थिएन । पूर्वमा खम्बुवानको पनि आन्दोलन चर्किएको थियो । हरेक घरबाट एक जना जानै पर्ने उर्दी जारी गरिएको थियो । मेरो घरबाट म नै जान्छु भनेर उनले ढिपी कसे । पार्टीमा हिंडेपछि रक्ष कुमार राईको उपनाम दिईयो, अभियान । त्यही नामले उनी अहिले परिचित छन् ।

अभियान कक्षा १० पछिको टेस्ट पास गरेर जनयुद्धमा होमिए । कोचिङ पढ्दा पढ्दै युद्धमा गएपछि एसएलसी दिन पनि छुट्यो । पहिलो रात घरबाट १ घण्टा टाढाको भोजपुरको बबक भन्ने ठाउमा उनी बास बसे । आमा तीन महिना रु“दै रु“दै स्कुलमा खोज्न जानु भयो । मेरो छोरा खोजिदिनुप¥यो भनेर । कसैलाई नसोधी उनी जनयुद्धमा होमिएका थिए । घर फर्किन्न भनेर एकोहोरो भएर उनी युद्धमा होमिएका थिए । यता घरमा कसैलाई थाहा थिएन ।

मिलिसिया फोर्समा उनले ६ महिना काम गरे । त्यसपछि जनमुक्ति सेनाको १६ औं बटालियन अन्र्तगत बि कम्पनीमा भर्ना भए । २०६१ बैशाख २६ गते एकै रात बन्दिपुर, चोरुवा, मिर्चैया, धारापानी, लहानमा आक्रमण भयो । उनी बन्दिपुर आक्रमणमा सहभागी थिए । उनीस“ग थ्रिनट् थ्रि राइफल थियो । फायर भएको १० मिनेटसम्म किन आएछु लाग्यो । पहिलो चोटी उनी हतियार चलाउदै थिए । तारहरुमा करेन्ट छोडिएको थियो । त्यो छुने बित्तिकै साथी भकाभक ढल्दै गए । कति चिच्याउ“दै ढले । बम र गोलीको वर्षा जताततै गर्जिरहेको थियो । एउटै खाल्डामा ९ जना साथीहरुको लास पुर्नु प¥यो । युद्ध कति भयानक हुन्छ भन्ने कुरा उनले नजिकबाट देखे । गोली लागेर छट्पटाईरहेका साथीहरु देख्दा देख्दै पनि उनी निरन्तर युद्ध लडिरहेका थिए । बन्दिपुरमा राती १० बजेदेखी बिहान ३ बजे सम्म युद्ध जारी रह्यो । उनका ४६ जना साथीहरु शहिद भए ।

बिहान ३ बजेपछि कमलानदी पार गरेर, चुरेको जंगल ह“ुदै बन्दिपुर कटेर भोजपुर पुग्न एक महिना लाग्यो । खोलानाला पार गर्दै जा“दा बाटामा पनि अनेक ठाउमा भिडन्तहरु भए । फेरी साउन महिनामा भोजपुरको पा“चधारेमा ठूलो भिडन्त भयो । उनी यो लडाईमा पनि होमिए । सेना र प्रहरीका हातहतियार सबै खोसिए । केही हतियार उनले पनि खोसे । जनमुक्ति सेनाका १० जना साथीहरु त्यही युद्धमा शहिद भए । अहिले त्यस ठाउको नाम दस तारा नामाकरण गरिएको छ । ‘बम मेरै अगाडी खस्यो । ट्वीन्स मोटरको धमाकाले पर मलाई हुत्यायो । कमरेड अग्नी मेरै अगाडी ढले ।’ भाबुक मुद्रामा उनले सुनाए, ‘त्यो घटना अझै पनि मलाई याद आईरहन्छ ।’

त्यसै वर्षको माघ १९ गते भोजपुरकै घोडेटार सैनिक ब्यारेकमा आक्रमण भयो । त्यहा“ अभियानको घ“ुडामा गोली लाग्यो । उनकै अगाडी बटालियन कमान्डर कमरेड जमिन ढले । अभियानको शरीर पनि रक्ताम्य भयो । उनका साथीहरुले त म¥यो भन्ने ठानेछन् । र, उनलाई पुर्न खाल्डो पनि खनियो । तर, भोजपुरकै कमरेड अनमोलले ढुकढुकी छामेर जिउ“दै छन् भनेर बोकेर लगे छन् ।

जनयुद्धको अन्तिम लडाइ“
जनयुद्धको अन्तिम लडाई सर्लाहीको मलंगवामा भयो । त्यहा“ उनको टिमले सरकारको नाइट भिजन खसाल्यो । फायर भएको ५ मिनेटमा दुस्मनको तारबारभित्र पसेर इन्सास चलाएका थिए । हाइपोस्ट कब्जा गर्न चार तला माथि पुगे । त्यस क्रममा एक सैनिकले उनलाई बन्दुक ताकेका थिए । तर, त्यो हतियार जाम भएर पड्केन । त्यही हतियार पनि खोसिदिए । त्यही युद्धमा उनले १५ वटा हतियार उनले खोसे । त्यहा नियन्त्रणमा लिएका सेना, प्रहरीलाई सिन्धुली ल्याएर मानबअधिकारको रोहबरमा बुझाइयो । कोही त जनमुक्तिमा सामेल भए ।

त्यसको केही समयमै सरकार र शसस्त्र माओबादीबिच शान्ति सम्झौता भयो । माओवादी शान्ति प्रक्रियामा आयो । उनी बसेको दोस्रो डिभिजन (सिन्धुलीको दुधौली) अन्र्तगत बिके स्मृति बिग्रेड, दोस्रो बटालियन उदयपुरको बेलसोत क्याम्पमा उनी थिए । पहिलो चरणको समायोजन प्रकृया सकिसकेको थियो । दोस्रो चरण भोली पल्ट थियो । तर, अघिल्लो रात १२ बजे उनी र उनको समुहले बिद्रोह गयो । अझै युद्ध जारी छ, नेपाली जनताले मुक्ति पाएका छैनन् । भनेर हेडक्वाटरलाई चिठी लेखेर विद्रोह गरे । १२ जना जति जनमुक्ति सेना त्यहाबाट भागे । केही समयपछि आफै सम्पर्क गरेर इमानदारी पुर्वक हेडक्वाटरलाई हतियार बुझाए ।

पढाईलाई निरन्तरता
र, अभियानले धरानको श्री ज्ञानोदय माविमा १० कक्षामा भर्ना भए । र, आफ्नो अध्ययन अगाडी बढाए । अंग्रेजी भाषा सुधार्नका लागि ब्रिटिस इंगलिस ल्याङ्वेज सेन्टर, धरान सैनिक चोकमा भर्ना भए । खेलकुदमा पनि उनलाई निकै रुची थियो । सितोरियो कराते सिक्नका लागि धरान डोजोमा भर्ना भए । सबै क्षेत्रलाई उनले संगस“गै अगाडी बढाए । पार्टीको काममा पनि निरन्तर काम गर्दै गए ।

श्री शिक्षा निकेतन उच्च माविबाट प्लस टु अध्ययन पूरा गरे । बिबिएस पढ्न उनी काठमाडौ“ हानिए । चावहिलको ब्रिलियन्ट मल्टिपल क्याम्पसका उनी भर्ना भए । बिबिएस अध्ययनका क्रममा बिहान ३ बजे कालिमाटीबाट तरकारी ल्याएर कोठामा छाड्ने गर्थे । कलेज विदा भएपछि तरकारी बेच्ने काम गर्थे । रातोपुलमा उनको कोठा थियो । पछि गणेशस्थान, गौरीघाटमा उनी कोठा सरे ।

बिबिएसको परीक्षा नजिकिदै जा“दा उनी बेस्सरी बिरामी परे । केएमसि अस्पतालमा उनी भर्ना । त्यहा“ आइसियुमा १२ दिन बसे । डाक्टरले परिवारका सदस्यलाई बोलाएर ‘मृत्यु भयो’ भनेर घोषणा गरिदिए । पछि बल्ल उनको होस आयो । तर, पनि त्यस्तो अवस्थामा परीक्षा दिए । के कारणले हो रिजल्ट नै आएन । उनी स“गै अध्ययन गर्ने ७ जना विद्यार्थीको रिजल्ट नै आएन । ५ सय रुपैया“ दिएर रिटोटलिङ गर्न जा“दा पनि बल्खुले मानेन । कलेजले पनि कुनै मतलब गरेन ।

र, उनी फेरी भोजपुर नै फर्किए । केही गर्छु आफूले जानेको सीप सिकाउ“छु भन्ने उनलाई थियो । एक वर्ष गाउघरमा अंग्रेजी र करा“ते सिकाए । आफैले पढेको स्कुल श्री त्रिभुबन धर्मोदय मावि, रुमला मावि, साप्तेन प्राविमा अंग्रेजी सिकाए । उनी गाउमा सिमित हुन चाहेनन् । जिल्ला सदरमुकाम भोजपुर बजार पुगे ।

जेभियर वल्र्ड एडुकेश्नल कन्सल्ट्यान्सीको ब्राञ्च चलाए । झण्डै तीन वर्ष कन्सल्ट्यान्सी चलाए । नजान्ने विद्यार्थीहरुलाई सिकाउदा सिकाउदै एउटा पुस्तक नै तयार पारे । मेरो गुरु भनेकै नजान्ने विद्यार्थी हुन् । पुस्तक प्रकाशन गर्ने पैसा जुटाउन खोजे । यति सानो मानिसले के किताब लेखेको होला भनेर कतिले हासोमा उडाए । जसरी पनि उनलाई किताब छाप्नु थियो । आफूमा भएको ज्ञान अरुलाई बा“ड्नु पर्छ भन्ने थियो । अर्कोतिर करा“तेप्रति उनको प्रेम छुटेको थिएन । चेलाहरुलाई ब्ल्याक बेल्ट पनि दिलाए ।

किताब छाप्न मिर्गौला बेच्न हिंड्दा
अभियान फेरी काठमाडौ“ पसे । उनको सपना थियो, किताब छाप्ने । तर, पैसा थिएन । उनले आफ्नै मिर्गौला बेच्ने दुस्साहस गरे । सूरुमा उनी वीर अस्पताल छिरे । डाक्टरलाई सुरुमा मेरो किड्नी फेर्न चाहन्छु भने । ‘म रोगी होईन, मिर्गौला बेचेर मेरो किताब छाप्न चाहन्छु ।’ भनेर सुनाए । ‘यो गै¥ह कानुनी काम हो । त्यसो गर्न मिल्दैन ।’ डाक्टर भने, ‘बरु आफन्तहरुलाई स्वइच्छाले मात्र दिन मिल्छ ।’ तैपनि अभियान रोकिएनन् । जसरी पनि उनलाई किताब छाप्नु थियो ।

फेरी उनी नर्भिक अस्पताल पुगे । त्यहा“ पनि उनले त्यही कुरा गरे । त्यो कुरा सुनेर डाक्टर स्तब्ध बने । डाक्टरले अभियानको नाम, नम्बर टिपे । कोही स्पोन्सर भए खबर गर्छु भनेर सल्लाह दिए । अभियान आफ्नो सपना बोकेर भौतारिदै हिंडिरहे । कसैले सुनाईदियो, भक्तपुरको मानब अंग प्रत्यारोपण केन्द्रमा त्यो काम हुन सक्छ । त्यहा“ पनि उनी पुगे । डाक्टरले वीर अस्पतालमा डाक्टरले सुनाए जस्तै प्रतिक्रिया दिए । अभियान निरास भएर फर्किए । केही हप्ता नबित्दै कलेज पढ्दाको साथीस“ग यसै विषयमा त्यो कुरा राखे । भारतको पटनास्थित गान्धी अस्पतालमा मिर्गौला बेच्न सकिन्छ भन्ने जानकारी पाए ।

मिर्गौला बेच्न पटना पुगेपछि
अभियान विरगञ्ज हु“दै पटना पुगे । त्यहा“ पुगेर अस्पतालमा उनले भने ‘मेरो आमा मुटु रोगी हुनुहुन्छ । म गरिब परिवारको व्यक्ति हो । मेरो किड्नी बेचेरै भए पनि आमाको उपचार गर्नु छ ।’

त्यो सुनेर डाक्टर स्तब्ध भए । डाक्टरले भने, ‘हेर बहादुर तेरो आ“खामा केही गर्ने जस्तो देखिन्छ । तिम्रो आमा बिरामी हो भने यहा लिएर आउनु । मेरो तर्फबाट निःशुल्क उपचार गरिदिन्छु । तर, यस्तो दुस्साहस नगर्नु ।’ अभियान नेपाल फर्किए । वीरगञ्जबाट हेटौंडासम्म आउने गाडी चढे । गाडाी भाडा नहु“दा खलासीले बिचैमा जंगलमा उतारिदिए । फेरी अनुरोध गरेर फेरी वीरगञ्ज नै फर्किए । धन्न उनको एटिएममा १५ सय रुपैया“ रहेछ । बल्ल उनी काठमाडौ“ फर्किन पाए ।

अभियानले आफन्तहरुस“ग कुरा गरेर किताब छाप्ने पैसा जुटाए । पहिलो पुस्तक ‘द न्यु एलियन ब्रिटिश इंगलिस ल्याङवेज’ छापे । ७७६ पेजको यो पुस्तक त्रिविको केन्द्रीय पुस्तकालयमा पनि राखिएको छ । बल्ल उनी भोजपुर फर्किए । आफ्नै पुस्तकको माध्यमबाट विद्यार्थीहरु अंग्रेजी पढाउन थाले । भने जस्तो साथ समर्थन नपाएपछि फेरी राजधानीमै केही गर्नु पर्छ भनेर उनी काठमाडौ“ फिरे ।

विश्व रेकर्ड राख्ने अभियानमा लम्किए
अभियान जिल्ला र सानो ठाउमा मात्र सिमित हुन चाहेनन् । देश तथा विदेशमा नाम कमाउनु पर्छ भनेर कस्सिए । कसरी विश्व किर्तिमान राख्न सकिन्छ भनेर अध्ययन गरे । युट्युब, गुगलमा उनले खोजे । केही नौलो काम गरेर विश्व रेकर्ड राख्नुपर्छ भन्ने उनको मनमा खेल्न थाल्यो । स्कुटर सम्बन्धी रेकर्ड उनले कतै भेटेनन् । नेपालका हिमाल, पहाड, तराई, पूर्व, पश्चिममा स्कुटर दौडाएर विश्व रेकर्ड राख्ने शाहस राखे । काठमाडौं, सोलुखुम्बु, मेची, महाकाली ह“ुदै काठमाडौंको दुरी पार गरे । जुन २७४३.७ किलोमिटर दुरी थियो । ३ दिन ३ रात लगाएर उनले यो दुरी पार गरेका थिए । यसका लागि ठूलो खर्च जुटाउन चुनौती थियो । सामाजिक सञ्जालका माध्यमबाट उनले सहयोगका लागी अनुरोध गरे । कतिले मुर्ख, कतिले पागल भने । तर उनले वास्तबमा कि मुर्ख, कि शाहसी, कि विद्वानले राख्ने हो भनेर अठोट लिए ।

अन्तत : देश, विदेशमा बस्ने नेपालीहरुका सहयोगी हातहरु अभियानको योजना सफल भयो । उनले द लङ्गेस्ट जर्नी अफ स्कुटर राइडर शिर्षकमा च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएरै छाडे । त्यो उत्साह संगै अरु शिर्षकहरुमा पनि रेकर्ड राख्ने सोच पलायो । स्पेनी नागरिक क्रिस्टियानो रोबर्टो १ मिनेट द ामस्ट हिट्स अफ अ टेनिस बल विद् टेनिस रेकर्ड ह्यान्डल इन् वान् मिनेट शिर्षकको रेकर्ड एक सय ९८ लाई तोडिदिए । अभियानले १ मिनेटमा २ सय १८ स्कोर ल्याएर उनको रेकर्ड तोडिदिए ।

अहिलेसम्म अभियानले दुई वटा बिधामा ३ तीन किर्तिमानी राख्न सफल भएका छन् । गिनिज वल्र्ड रेकर्ड, च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्ड र ओएमजि बुक अफ वल्र्ड रेकर्डस्मा उनको नाम दर्ज भईसकेको छ । यतिमात्र होईन उनले बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेका छन् ।

अभियानले हालसम्म तीन वटा पुस्तक बजारमा ल्याईसकेका छन् । बागबजारको एसपि पब्लिकेसनले छापेका उनका पुस्तकहरु देशैभरी पुगेका छन् । द न्यु एलियन ब्रिटिश इंगलिस ल्याङ्वेज, एलियन एड्भान्स इंगलिस ग्रामर र एलियन इंगलिस ग्रामरका बिभिन्न संस्करणहरु छापिएका छन् । बिभिन्न लाइब्रेरी, पुस्तक पसल र स्कुलमा उनका पुस्तकहरु पुगेका छन् ।

अभियान सितोरियो करातेमा ब्ल्याक बेल्ट चौथो डान हुन् । साथै अन्तराष्टिय रेफ्री तथा प्रशिक्ष्ँक पनि हुन् । यस क्रममा उनी मलेसिया, इन्डोनेसिया पुगिसकेका छन् । सन् २०१८ को नोेभेम्बर २१ मा उनी इन्डोनेसिया पुगे ।

एसिया प्यासिफिक सितोरियो कराते डु फेडेरेनद्वारा आयोजित इन्डोनेसियामा भएको द फिफ्टिन्थ एसिया प्यासिफिक सितोरियो कराते डु च्याम्पियनसिप इन् जर्काता, इन्डोनेसियामा उनी रेफ्री तथा प्रशिक्ष्ँकका रुपमा सहभागी भएका थिए । खेलकुदकै क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा उनले भाग लिईसकेका छन् । कहिलेकाही गिनिज रेकर्डका कार्यक्रममा निर्णायकका रुपमा पनि जिम्मेवारी सम्हाल्ने गर्छन् ।

व्यवसायमा पनि संलग्न
अभियानले हालसम्म दुई वटा व्यवसायमा पनि हात हालेका छन् । भक्तपुरको रानीकोट र काठमाडौ“को सुन्दरीजलमा अर्गानिक रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनको घर परिवारले यो काममा राम्रो साथ दिएका छन् । गाउबाट बुबा, आमालाई ल्यँएर रिसोर्टमा राखेका छन् । यो व्यवसायमा साथीभाई, आफन्त, शुभेच्छुकहरुले पनि साथ दिएका छन् । पर्यटकिय गन्तब्य भएकाले यि रिसोर्टहरुमा प्राय भिडभाड नै हुने गर्छ ।

राजनीतिमा पनि सक्रिय
अभियानले कट्टु र चप्पल नलगाई ५ कक्षासम्म पढे । जब १० कक्षा पुगे तब मात्र उनले सर्ट, पाईन्ट र चप्पल लगाउन पाईयो । यस्तो मोड पार गरेका उनी राजनितीबाट उनी अझै टाढा छैनन् । नेपाली क्रान्तिको बाकी कार्यभार युवा नेतृत्वबाट मात्र सम्भब छ भन्ने उनलाई लाग्छ । समाजको आमूल परिबर्तनका लागि निरन्तर अग्रपंक्तिमा होमिने उनको संकल्प छ ।

विश्व शान्ति र मानवतावादका लागि निरन्तर डटिरहने उनको प्रतिबद्धता छ । ‘गरिबीले मलाई जिउन सिकायो ।’ रानिकोटमा पारिलो घाम ताप्दै उनले सुनाए, ‘दुःखले मलाई अगाडी बढ्न शाहस दियो । रहरले भन्दा पनि सपनाले अगाडी बढ्न सकिन्छ भन्ने पाठ सिकेको छु ।’ चुनौती र कठिनाईका बेला मानिसले शाहस र विवेक प्रयोग गर्नुपर्छ । त्यसले मात्र सफलताको बाटोमा डो¥याउने उनको ठम्याई छ । उनले यही सन्देश दिन चाहे ।

राईको थप तस्वीरहरु

प्रतिक्रिया