आइतबार, जेठ ६, २०८१

सहायक प्रजिअलाई कोरोना भएपछि हुम्ला प्रशासनको सेवा बन्द

मेरोन्यूज २०७८ माघ १७ गते २१:३३

सिमकोट । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारीलाई आइतबार बेलुका सामान्य टाउको दुख्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि सूचना टाँस गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रशासनले राहदानी नागरिकता, सिफारिस बाहेक अन्य सेवा प्रदान नगरिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राई हाल होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहल बताए ।

प्रतिक्रिया