आइतबार, जेठ ६, २०८१

चितवनमा केन्द्रीय शिक्षक अस्पताल बनाउने सरकारको निर्णय

मेरोन्यूज २०७८ माघ १७ गते १९:०७

काठमाडौं । सरकारले चितवनको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव पारित गरेको हो ।

सरकारले भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने निर्णय गरेकोमा भरतपुर महानगरकी मेयर रेणु दाहाल निकै खुशी देखिएकी छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केन्द्र सरकारको निर्णयप्रति खुशी ब्यक्त गरेकी छन् ।

उनले मेडिकल सिटीमा नयाँ आयाम थपिएको भन्दै भरतपुर महानगरपालिकालाई बधाइ दिएकी छन् ।

Advertisement

प्रतिक्रिया