आइतबार, जेठ ६, २०८१

चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थपियो

मेरोन्यूज २०७८ माघ १७ गते १८:१६

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थपेको छ ।

Advertisement

आयोगले सोमबार सूचना जार्दै प्रवेश परीक्षाका लागि बैंक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जनाएको छ ।

यसअघि माघ २० गतेसम्मको म्याद तोकिएको थियो ।

कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालय बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरिएको जनाएको छ ।

प्रतिक्रिया