आइतबार, जेठ ६, २०८१

काेराेना अपडेट

देशभर ५२९२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ १७ गते १७:१५

काठमाडौं । नेपालमा थप ५ हजार २ सय ९२ कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार हाल नेपालमा ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया