आइतबार, जेठ ६, २०८१

माघ २१ भित्र खोपको विवरण बुझाउन निर्देशन

मेरोन्यूज २०७८ माघ १७ गते १७:०८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ ।

Advertisement

२४ लाख डोज खोपको तथ्यांक नरहेको भन्दै सरकारको आलोचना भइरहेका बेला सोमबार मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।

२१ माघ अपरान्ह ४ बजेभित्र कोरोनानभाइरसविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण बुझाउन मन्त्रालयले निर्देशन दिएको हो ।

प्रतिक्रिया