आइतबार, जेठ ६, २०८१

काेराेना कहर

सरकारले भन्यो-बुस्टर डोज जे लगाए पनि छुट

पहिलो मात्रा अन्य खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका

मेरोन्यूज २०७८ माघ १७ गते १६:०२

काठमाडौं । सरकारले दोस्रो वा (बुस्टर डोज) अतिरिक्त खोप लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले शुक्रबार ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी अब अतिरिक्त मात्रा खोप दिँदा यसअघि लगाएका भन्दा फरक खोप दिन निर्देशन दिइसकेको छ ।

यसरी फरक खोप दिनका लागि विश्व स्वास्थ्य संगठनको विज्ञहरुको रणनीतिक सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको थियो ।

Advertisement

कुन खोप लगाएकाले कुन खोप लगाउने

६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन मन्त्रालयले जनाएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिईने बताइएको छ ।

विदेशमा पहिलो मात्रा कोभिसिल्ड र एस्ट्राजेनेका, भेरोसेल, मोर्डना, फाइजर खोप लगाएकाहरुको हकमा दोस्रो मात्राको रुपमा कोभिसिल्ड, एस्ट्राजेनेका खोप लगाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया