शनिबार, जेठ ५, २०८१

एमाले केन्द्रीय कार्यालयको बैठक जारी, स्थानीय चुनाव एजेण्डा

मेरोन्यूज २०७८ माघ १७ गते १४:३३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बसिरेहको छ । महासचिव शंकर पोखरेलको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शुरु भएको बैठकमा पार्टीका उपमहासचिव र सचिवहरुको सहभागिता छ ।

Advertisement

एमालेको विधानमा केन्द्रीय कार्यालयमा महासचिव, उपमहासचिव र सचिवहरु रहनेगरी ब्यवस्था गरिएको छ । यो केन्द्रीय कार्यालयको बैठकले आसन्न स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रीत रहेर छलफल शुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन् ।


एमालेका वाँकी जिल्ला अधिवेशन र पार्टी मातहातका जनवर्गीय संगठनहरुको अधिवेशनका विषयमा पनि केन्द्रीय कार्यालयको यो बैठकले थप छलफल गर्ने र कार्ययोजनाहरु बनाउने छ ।

प्रतिक्रिया