आइतबार, जेठ ६, २०८१

एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

मेरोन्यूज २०७८ माघ १७ गते १३:२३


काठमाडौं । मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ ।

Advertisement

मिडिया अधिकार उल्लङ्घनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भने, ‘मिडियाले स्वतन्त्र र निर्भिक रुपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक छ ।’


नेटवर्कमा मिडिया एक्सन नेपालको चयनबारे जानकारी दिदै मिडिया एक्सन नेपाल व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्य प्रस्तुत गर्दै कन्सल्टेटिभ नेटवर्कमार्फत मिडिया फ्रिडम कोलिसन लाई सहयोग प्रदान गर्न तयार रहेको बताए ।

मिडिया एक्सन नेपाल यस अन्तरराष्ट्रिय नेटवर्कमा चयन हुने नेपालबाट पहिलो र दक्षिण एशिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोस्रो सस्था हो ।

प्रतिक्रिया