शनिबार, जेठ ५, २०८१

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

मेरोन्यूज २०७८ माघ १७ गते १२:३४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार दुई नेताबीच भेट भएको हो ।

Advertisement

भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ । सत्ता गठबन्धनबीच एमसीसीबारे बहस हुँदै गर्दा प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् ।

यसैबीच माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नु पर्ने पक्षमा छन् ।

प्रतिक्रिया