आइतबार, जेठ ६, २०८१

भारतमा कोभिड संक्रमित दर घट्दो, मृत्युदर बढ्यो

मेरोन्यूज २०७८ माघ १७ गते १०:४३

काठमाडौँ । भारतमा कोभिड १९ संक्रमितको संख्या घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेको संख्या बढ्दो छ ।

Advertisement

पछिल्लो २४ घण्टामा दुई लाख जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिब ३४ हजारले कमी हो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांकसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल ४ लाख ९५ हजार जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् ।

ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई बधाई दिएका थिए ।

प्रतिक्रिया