सोमबार, जेठ ७, २०८१

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भातृ संगठनका अध्यक्षहरु विधान विपरित दोहोरो भूमिकामा

सभापति देउवा नै पहिलाको पदमै रहन दबाब दिँदै

सञ्जिता खनाल २०७८ पुष १६ गते १९:१३

काठमाडौं । कांग्रेसको पार्टीको केन्द्रीय सदस्य बनेपछि भातृ संगठनको नेतृत्वमा बस्न नमिल्ने कांग्रेस विधानमै उल्लेख छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेत खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा निवार्चित भए । बस्नेत बिधान अनुसार आफै अध्यक्षबाट हट्नुपर्ने हो । तर उनी कांग्रेसको पार्टीको विधान विपरित सोही पदमा रहेर परिपत्र गरिहेका देखिन्छन् ।

Advertisement

पुस १४ गते राष्ट्रिय मेलमिलाप दिवस (पुस १६)ं आजका लागि उनले दलका केन्द्रीय सदस्यलाई अक्तिरित कार्यक्रम गर्न गराउँन भनेर पत्रचार गरे । केन्द्रीय सदस्य बनेपछि भातृ संगठनको नेतृत्वमा बस्न नमिल्ने कांग्रेस विधानमै उल्लेख छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगाना पनि खुलातर्फ कांग्रेस केन्द्रीय सदस्य निवार्चित भए । ढुंगानाले अध्यक्षको जिम्मेवारीबाट स्वतः हट्नुपर्ने हो । तर उनले पनि अहिलेसम्म कुनै राजिनामा दिएका छैनन् ।

नेपाली कांग्रेसको भातृ संगठनको नेतृत्व गरिरहेकाहरू अधिकांश सभापति शेरबहादुर देउवानिकट रहेका छन् । सभापति देउवाले तरुण दल र नेविसंघका नेताहरुलाई पहिलाको पदमै रहन दबाब दिएको एक भातृ संस्थाका पुर्व अध्यक्षले बताए । ति पुर्व अध्यक्षका अनुसार लामो समयसम्म भातृ संगठनको अधिवेशन नहुँदा एउटै व्यक्ति दोहोरो भुमिका देखिएको पाइन्छ । तर यो विधानभन्दा बाहिर हो ।

कांग्रेस विधानमा भातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भातृ संस्थाको पद स्वतः रिक्त हुने विधानको दफा ४२ को २ (ङ) मा व्यवस्था छ ।

यता, कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भए । उनले युनियनको महासचिवबाट भने आफैँ हटे । उनले युनियनको महासचिव पद त्याग गर्दै गत बुधबार उपमहासचिव भीष्मराज ओझालाई माइन्युट हस्तान्तरण गरेका थिए । ओझालाई कामु महासचिव युनियनले तोकेको छ ।

भातृ संस्थाको म्याद सकिन मात्र एक महिना बाँकी
पछिल्लो पटक थप गरिएका भातृ संस्थाको म्याद सकिन मात्र एक महिना बाँकी छ । तर कांग्रेसले अधिकांश भातृ संस्थाले महाधिवेशन गर्न कुनै समिति नै बनाउन सकेका छैनन् ।

नेविसंघ सभापति जितेका नैनसिंह महर कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन् । महरले राजीनामा दिएपछि राजिव ढुंगानालाई सभापति देउवाले मनोनित गरेर सभापति बनाएका थिए । ढुंगाना पनि १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित भइसकेका छन् । नेविसंघमा लामो समयसम्म महाधिवेशन नहुँदा संघका नेता पार्टी राजनीतिमा आउँन थालेका छन् ।

यता, नेपाल तरुण दलमा बस्नेतसहित जम्मा चार जना मात्रै थिए । दलका महामन्त्री भूपेन्द्रजंग शाही कर्णाली प्रदेश सभापति उम्मेदवार थिए । तर उनी पराजित भए । कांग्रेस विधान अनुसार तरुण दल र नेविसंघको स्वत अध्यक्ष र रिक्क्त रहेको छ ।

कांग्रेसका भातृ संस्था तरूण दल, नेविसंघ, नेपाल प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद गत साउन ३१ मा ६ महिना थप गरिएको थियो । एउटै व्यक्ति दोहोरो पदमा रहने । तर कांग्रेसले भातृ संगठन र सुभेक्षुक संस्थाको अधिवेशन गराउँन खासै चाँसो देखाएको देखिदैन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया