सोमबार, जेठ ७, २०८१

कांग्रेस केन्द्रीय समितिमा कुन समूहबाट को को विजयी ?

देउवा समूहका ११०, नयाँ ७९ जना

सञ्जिता खनाल २०७८ पुष ९ गते ७:१०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया टुङगिएको छ । पदाधिकारी सहित १३४ जनाको निवार्चितको नतिजा आएसँगै नेतृत्व चयन प्रक्रिया टुङगिएको हो । यो कुल निवार्चित परिमाण हेर्दा संस्थापन समूह बलियो देखिएको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यममा संस्थापन (देउवा) समुह बलियो देखिएको हो ।

८ पदाधिकारीसहित ११० विभिन्न कलष्टरमा केन्द्रीय सदस्यमा पदमा संस्थापन समूहले दुई तिहाइ भन्दा बढी जीत हासिल गरेको छ । देउवा समुहका कुल निवार्चनको ८२ प्रतिशत केन्द्रीय सदस्य आएका हुन् ।

डा.शेखर कोइराला पक्षका उम्मेदवार बनेका २१ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् । जसमा धनराज गुरुङ उपसभापति, गगन थापा महामन्त्री तथा जीवन परियार र बद्री पाण्डे सहमहामन्त्री छन् ।

त्यसैगरी, शेखर पक्षबाट नै खुल्ला केन्द्रीय सदस्यमा नौ जना विजयी हुँदा प्रदेश १ र गण्डकी प्रदेशबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने खर्स आर्यमा महिला र पुरुष १–१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दलित खुल्लामा एक जना केन्द्रीय सदस्य निवार्चित भएका छन् । आदीबासी जनजातिमा एक खुल्ला केन्द्रीय निवार्चित भए ।

Advertisement

प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा विश्व प्रकाश शर्मा विजयी भएका छन् । बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी (राजन) सिंह र कोइरालाको प्यानलमा हुन् केन्द्रीय सदस्यतर्फ डा. शशांक कोइराला साझा प्यानलमा परेका थिए । सभापतिमा पराजित स्वत केन्द्रीय सदस्य हुने विधानमै व्यवस्था छ ।

यी हुन शेखर कोइराला समूहका केन्द्रीय सदस्य

कोइराला समूहमा खुल्ला केन्द्रीय सदस्यमा अर्जुन नरसिंह केसी, दिलेन्द्रप्रसाद बडु,डा. रामशरण महत,बलबहादुर केसी, दीपक गिरी, सञ्जयकुमार गौतम, गोविन्द राज पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइराला निवार्चित भएका भएका छन् ।

केन्द्रीय सदस्य महिलातर्फ सरिता प्रसाईं
केन्द्रीय सदस्य प्रदेश १ बाट राजीव कोइराला
केन्द्रीय सदस्य गण्डकी प्रदेश कृष्णचन्द्र नेपाली पोखरेल
केन्द्रीय सदस्य मधेसी डा. चन्द्रमोहन यादव
केन्द्रीय सदस्य खर्सआय खुुल्ला मधु आर्चाय
केन्द्रीय सदस्य खर्सआय महिला प्रतिमा गौतम
केन्द्रीय सदस्य आदीबासी जनजाति टेक प्रसाद गुरुङ
केन्द्रीय सदस्य दलित खुल्ला प्रकाश (स्नेही) रसाइली

यता, संस्थापन समूहले पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेको छन् । जसमा उपसभापतिमा पुर्ण बहादुर खड्का, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ मा संस्थापन समूह नै विजयी हात पारेको थियो । भूगोल (सात वटै प्रदेश) बाट एक महिलासहित १८ केन्द्रीय सदस्य संस्थापन समूहबाट जना निर्वाचित भएका छन् ।

मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् । दलित महिला तर्फ चार सिटमा चारै देउवा समुहका निवार्चित भएका हुन् । मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन्।

दलित खुल्ला केन्द्रीय सदस्यमा पाँच मध्ये चार देउवा समुहका निवार्चित भएका छन् ।

खस आर्य महिला केन्द्रीय सदस्यमा ६ मध्ये पाँच देउवा समुहका आएका छन् । खसआर्य पुरुष केन्द्रीय सदस्यमा सातमा ६ जना केन्द्रीय सदस्यमा निवार्चित भएका छन् । मधेशी महिलामा तीन सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । अन्य विभिन्न कलस्टरमा पनि देउवा समुह बलियो देखिएको छ ।

मंसिर २४ देखि २७ सम्म भएको महाधिवेशन भएको थियो । जसमा १३४ पदका लागि भएको निर्वाचनमा पाँच सय ९ जना उम्मेदवारी दिएका थिए । सभापतिले ३३ जना मनोनयनसहित कुल १६७ जनाको केन्द्रीय समिति रहने व्यवस्था छ ।

खुल्ला केन्द्रीय सदस्य
एनपी साउद, बालकृष्ण खाँण,उदयशम्शेर राणा,रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की,
रमेश लेखक,शंकर भण्डारी,जिपछिरिङ लामा, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित, कृष्णकिशोर घिमिरे रहेका छन् ।

केन्द्रीय सदस्य महिला आठ
डिला संग्रौला (पन्त), पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमती शाही निवार्चित भएका छन् ।

प्रदेश केन्द्रीय सदस्य
केन्द्रीय सदस्य प्रदेश १ मा महेन्द्रकुमारी लिम्बू र अमृत अर्याल
केन्द्रीय सदस्य प्रदेश २ मा चित्रलेखा यादव, आनन्द ढुंगाना र रमेश रिजाल
केन्द्रीय सदस्य बागमती प्रदेश उर्मिला केसी र ध्यानगोविन्द रञ्जित
केन्द्रीय सदस्य बागमती प्रदेशमा सिंह समूहका राजन केसी
केन्द्रीय सदस्य गण्डकी प्रदेश सरस्वती अर्याल र ध्रुव वाग्ले
केन्द्रीय सदस्य लुम्बिनी प्रदेशमा शीला खड्का, देबेन्द्रराज कँडेल र चन्द्र बहादुर केसी
केन्द्रीय सदस्य कर्णाली प्रदेशमा जानकी सिंह, राजीव विक्रम शाह र कर्ण बहादुर बुढा
केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेशमा सुशीला मिश्र भट्ट, डा रणबहादुर रावल र यज्ञराज जोशी

विभिन्न कलस्टरमा केन्द्रीय सदस्य
केन्द्रीय सदस्य अपांगता मदनकृष्ण श्रेष्ठ
केन्द्रीय सदस्य अल्पसंख्यक प्रदीपकुमार सुनुवार
केन्द्रीय सदस्य पिछडिएको क्षेत्र अर्जुनजंग बहादुर सिंह
केन्द्रीय सदस्य मधेशी अजय चौरसिया, विनोद चौधरी, दिनेशकुमार यादव, महेन्द्रकुमार राय,
केन्द्रीय सदस्य मधेशी महिला नागिना यादव, मञ्जुकुमारी यादव, मीनाक्षी झा र मुक्ताकुमारी यादव
केन्द्रीय सदस्य दलित महिला सुजाता परियार,लक्ष्मी परियार, शान्ति परियार र रुपा विश्वकर्मा
केन्द्रीय सदस्य दलित खुल्ला नृप बहादुर,मानबहादुर नेपाली, मैकुलाल बाल्मिकी र हरिशण नेपाली
केन्द्रीय सदस्य आदीबासी जनजाति खुल्ला उमेश श्रेष्ठ,चिनकाजी श्रेष्ठ,टेकबहादुर गुरुङ्, तारामान गुरुङ , दिलमान पाख्रिन र आङगेलु शेर्पा
केन्द्रीय सदस्य आदीबासी जनजाति महिला रिता गुरुङ,अञ्जली श्रेष्ठ, गंगालक्ष्मी अवाल,माया राई, सिताकुमारी राना र शुशिला थिङ
केन्द्रीय सदस्य खर्सआर्य महिला मञ्जु खाँण, नानु बास्तोला, चमपा देबी खड्का, कान्तिका शेजुवाल र विधादेबी तिम्मसीना
केन्द्रीय सदस्य खर्सआर्य खुल्ला केशव कुमार बुढाथोकी,श्याम घिमिरे,नारायण बहादुर कार्की, गेहेन्द्र गिरी,भिम पराजुली र गोबिन्द शाही
केन्द्रीय सदस्य मुस्लिम अब्दुल रज्जाक, अब्दुल सतार र जावेदा खातुन
केन्द्रीय सदस्य थारु योगेन्द्र चौधरी, रामजनम चौधरी
केन्द्रीय सदस्य थारु महिला कल्पना चौधरी र जीवन राना

पदाधिकारीदेखि केन्द्रीय सदस्यमा नयाँ अनुहार
कांग्रेसको केन्द्रीय पदाधिकारी निवार्चित ११ जना नयाँ अनुहार आएका छन् । जसमा उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा,सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, बद्री पाण्डे र उमाकान्त चौधरी निर्वाचित भएका हुन् ।

त्यसैगरी, कांग्रेसको महाधिवेशनबाट खुल्लातर्फबाट १६ जना नयाँ अनुहार भएका निर्वाचित भएका छन् । नयाँ अनुहार भएका निर्वाचित हुनेमा कृष्णकिशोर घिमिरे, मोहन आचायर्, गणेश लामा, उमेशजंग रायामाझी, अजयबाबु शिवाकोटी, मदनबहादुर अमात्य, दिनेश कोइराला, राजीव ढुंगाना, डा.गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, गुरु बराल, कुन्दनराज काफ्ले, नैनसिंह महर, जितजंग बस्नेत, रामहरी खतिवडा र उदयशमशेर राणा रहेका छन् ।

त्यसैगरी, महिला केन्द्रीय सदस्यमा तीन जना नयाँ अनुहार शुशिला ढकाल, आर्जु राणा र रंगमति शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । दलित महिलातर्फ केन्द्रीय सदस्यमा शान्ति र रुपा र अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार पनि नयाँ अनुहार हुन् । अपांगतातर्फ केन्द्रीय सदस्य निवार्चित मदनकृष्ण श्रेष्ठ नयाँ अनुहार हुन् । यी लगायत विभिन्न कलस्टरमा ७९ केन्द्रीय सदस्य नयाँ अनुहार आएका छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया