सोमबार, जेठ ७, २०८१

नेविसंघका ११ पूर्वअध्यक्ष कांग्रेसको केन्द्रीय समितिमा

को–को छन ?

सञ्जिता खनाल २०७८ पुष ७ गते १८:०३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का ११ जना पुर्वअध्यक्षहरु आइपुगेका छन् । शेरबहादुर देउवादेखि राजीव ढुंगानासम्म केन्द्रीय समितिमा रहेका हुन् । ढुंगाना नेविसंघको पछिल्ला अध्यक्ष हुन् । अहिले नेविसंघमा अध्यक्ष बिहिन बनेको छ । नेपाल विद्यार्थी संघको स्थापनकालदेखि अहिलेसम्म १९ जना अध्यक्ष भएका थिए । जसमा ११ जना कांग्रेसको १४ औं कार्यसमितिमा देखिएका छन् ।

Advertisement

विपी कोइरालाले २०२७ सालमा नेविसंघको स्थापना गरेका थिए । उक्त स्थापनाको उद्घाटन कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले गरेका थिए । कोइराला नेबिसंघको पहिलो अध्यक्ष हुन् । तर कोइराला कांग्रेसको सक्रिय राजनीतिमा छैनन् । नेविसंघलाई कांग्रेसको मेरुदण्ड अर्थात नेता उत्पादन गर्ने नर्सरीका रुपमा हेरिन्छन् ।

दोस्रो नेविसंघको अध्यक्ष बनेका थिए, कांग्रेका अहिलेका नवनिवार्चित सभापति शेरबहादुर देउवा । तेस्रा अध्यक्ष विमलेन्द्र निधिलाई पराजित गर्दै देउवा दोस्रो कार्यकालमा प्रवेश गरेका थिए । देउवा कांग्रेस पार्टीको नेतृत्वमा दोहोरिएका हुन् । देउवापछि अन्य १७ जनाले नेविसंघको नेतृत्व गरेका देखिन्छन् । चौथो नेविसंघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, पाँचौं अध्यक्ष बलबहादुर केसी, छैटौं अध्यक्ष बालकृष्ण खाँण निवार्चित भएका थिए ।

नेविसंघको सातौं अध्यक्ष एनपी साउद पनि कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । नेविसंघका आठौं अध्यक्ष धनराज गुरुङ १४औं महाधिवेशनबाट कांग्रेसको उपसभापतिमा विजयी भए । नवौं अध्यक्ष गोविन्द भट्टराई केन्द्रीय सदस्य बनेका छन् ।

नेविसंघका १० औं अध्यक्ष विश्वप्रकाश शर्मा १४औं महाधिवेशनमा कांग्रेसको महामन्त्री निवार्चित भएका छन् । ११ औं अध्यक्ष थिए किशोरसिंह राठोर । राठोर कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री बनेका छन् । १८ औं अध्यक्ष नैनसिंह महर र १९ औं अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निवार्चित भएका छन् ।

यस्तै, १२ आंै नेविसंघका अध्यक्ष बनेका गुरुराज घिमिरे प्रदेश १ को सभापतिमा दुई मतले पराजित भएका छन् । नेविसंघको १५ औं अध्यक्ष भएका प्रदीप पौडेल महामन्त्रीमा प्रतिष्पर्धा गरेका थिए तर पराजित भए । १७ औं नेविसंघका अध्यक्ष भएका रञ्जित कर्ण सहमहामन्त्रीमा अन्तिम समयमा उम्मेदवारी फिर्ता गरेका थिए ।

‘प्रजातन्त्र पुर्नस्थपना गर्ने प्रमुख उद्देश्यसहित पञ्चायतको कालरात्रीमा क्रान्तिकारी विद्यार्थीहरूले विद्यार्थी एकता, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श बोकेर’ नेविसंघको जन्म भएको पुर्वअध्यक्षहरु बताउँछन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया